काठमाडौंको फोहोर

काठमाडौंको फोहोर

फोहोर काठमाडौंको भए पनि त्यसको गन्ध भने धरान पुगेको रहेछ । अहिले धरानवासीहरू काठमाडौंको फोहोरले गर्दा बसिनसक्नुको अवस्थामा पुगेका छन् । त्यसैले यतिबेला धरानका मेयर साब काठमाडौंको फोहोरबारे अत्यन्त चिन्तित हुनुभएको छ ।

हरेक दिन झैँ काठमाडौंको फोहोरबारे एउटा न एउटा फेसबुक सन्देश जारी गर्दै काठमाडौंका मेयरलाई फोहोर तह लगाउने कार्यमा जागृत गर्दै हुनुहुन्छ ।राम्रै हो । काठमाडौंको फोहोरले धरान बसिनसक्नु छ भने काठमाडौं झन् कस्तो होला !

तर काठमाडौंका मेयर सा’ब भने यतिबेला फोहोर तह लगाउने कार्यतिर लागिरहनुभएको छैन । उहाँ त पार्टीका नेताहरूलाई तह लगाउनतिर पो लागिरहनुभएको छ । अस्ति फोहोरमा राजनीति गरिस् भनेर जम्मै पार्टीका नेताहरूको आलोचना गर्नुभयो ।

त्यसपछि फोहोर लाने बाटो बनाएनौ भनेर प्रचण्डको आलोचना गर्नुभयो । सिसडोलमा प्रहरी किन नलगाएको भनेर गृहमन्त्रीको आलोचना गर्नुभयो । मेयर जब फोहोर तह लगाउन छोडेर नेता तह लगाउन सक्रिय हुन्छ, तब फोहोर हट्छ कसरी ?

टिप्पणीहरू