पेशागत महासंघको कार्यक्रममा दुई समिति गठन

पेशागत महासंघको कार्यक्रममा दुई समिति गठन

पेशागत महासंघ नेपाल जिल्ला शाखा ताप्लेजुङको जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघका सचिव केशव गुरागाइँले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष शान्तिराम नेपाल थिए ।

हिजो भएको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रेमलकुमार खनालले श्रमिकहरु सबै गोलबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । श्रमिकका आवाज वामपन्थी राजनीतिसंग मिल्ने उल्लेख गर्दै उनले ७० प्रतिशतभन्दा बढी वाम रहेको मुलुकमा वामपन्थीहरुको शुद्धिकरणसहित वाम एकता वा कार्यगत एकताको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै, कार्यक्रममा नेपाल शैक्षिक क्षेत्रमा निराला आयोगका नामले चर्चा कमाएका वेधनिधि निरालाले आफ्नो मन्तव्य राखेका थिए । भेलाले अम्बिका राजभण्डारी अध्यक्ष र मुकुन्द भट्टराई सचिव रहने गरी ११ सदस्यीय निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति ताप्लेजुङ र प्रकाश गुरुङको संयोजकत्वमा नेपाल इञ्जिनियर पेशा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ गठन गरेको छ ।

२०५२ सालमा गठन भएको महासंघले सम्पूर्ण पेशाकर्मीका साझा समस्या उठान गर्ने र समाधान खोज्ने कार्य गर्दै आएको छ ।

टिप्पणीहरू