बोर्डर अवरुद्ध हुँदा पनि चीनसँगको व्यापार उस्तै

बोर्डर अवरुद्ध हुँदा पनि चीनसँगको व्यापार उस्तै

कोरोना संक्रमण बढेपछि अवरुद्ध चीनसँगको सीमानाका अझै सुचारु हुन सकेको छैन । बीचमा केही समय सामान्य ढंगले स्थलमार्गको व्यापार सहज हुन थाले पनि अहिले तिब्बतमा कोरोना संक्रमण बढेपछि नेपालसँगको सीमानाकामा समस्या भएको बताइन्छ ।

एकातिर भौगोलिक कठिनाई,अर्कोतिर संक्रमणका कारण पनि चीनसँग स्थलमार्गको व्यापार भइरहेको चिनियाँ पक्षलाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ । नेपालले चीनबाट गत जुनमा मात्रै १०७ दशमलव ५ बिलियन युआन सामान आयात गरेको छ । सोही अवधिमा ४० मिलियन अर्थात चार करोड चिनियाँ युआन बराबरको सामान निर्यात गरेको छ । जबकि सोही समयमा तीन सातासम्म सीमाना अवरुद्ध भएको थियो ।

त्यसपछिको जुलाईमा १८ दशमलव ७६ बिलियन युआन बराबरको आयात गरेको देखिएको छ । ३० मिलियन अर्थात् तीन करोड चिनियाँ युआन बराबरको निर्यात छ । यसबीचमा कार्पेट, हस्तकला, तयारी पोशाक, छालाको सामान र पश्मिनाको सामान निर्यात भएको छ ।

चीनबाट विभिन्न पोशाक, निर्माण सामाग्री, बिजुलीका सामान, जुत्तालगायत दैनिक उपभोग्य वस्तु आयात गर्ने गरिएको छ ।

टिप्पणीहरू