विद्युत र सशस्त्र प्रहरीवीच सम्झौता : ब्यारेकका भान्छामा दाउरा हैन बिजुली

विद्युत र सशस्त्र प्रहरीवीच सम्झौता : ब्यारेकका भान्छामा दाउरा हैन बिजुली

नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सन्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउनेसम्बन्धी सम्झौता भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालवीच आज हल्चोकमा उक्त सम्झौता भएको हो । ग्याँसको खपत घटाउँदै विद्युत उपयोग बढाउँदै लैजाने लक्ष्यअनुरुप प्राधिकरणले काम गरिरहेको सो अवसरमा घिसिङ्गले बताउनुभयो ।सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सन्चालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थान गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च विद्युत प्राधिकरणले व्यहोर्ने छ भने । यो परियोजनानिम्ति प्राधिकरणले ५ करोड बजेट छुट्याएको बताइन्छ ।

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय,सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय,गण र दोस्रो चरणमा सबै गुल्महरुका निम्ति प्राधिकरणबाट ट्रान्सफर्मर जडानको कामसमेत हुनेछ ।कार्यक्रममा विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू