भारतीयसहित बिदेशी पाहुनाहरु हिजो पार्टी प्यालेसमा,आज पशुपतिमा
नेपाल-भारतबीचको सम्बन्धबारे आयोजित कार्यक्रम राजधानीको एउटा पार्टी प्यालेसमा शुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको ‘इन्टरनेशनल रिलेसन्स अफ नेपाल एण्ड द वर्ल्ड अर्डर’ विषयक तीन दिने गोष्ठीको हिजो बेलुका प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अमेरिकी दूतावासका कार्यवाहक सहायक राजदूूत मार्क टेम्पर, इजरायली राजदूत हनान गोडार,भारतीय स्वयंसेवक संघ र भारतीय जनता पार्टीका नेताहरुलगायत डेढ सय जनाको उपस्थिति थियो ।
आजबाट उक्त गोष्ठी पशुपति धर्मशालामा हुँदैछ । कार्यक्रममा सहभागी हुन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले समेत नेपाल आउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । यसवारे थप विवरण हेर्नुहोस्-
टिप्पणीहरू