हलिउड सिनेमाको शैलीमा भारतमा बैंक डकैती
अमेरिकी फिल्म नगरी हलिउड शैलीमा भारतमा एउटा बैंक लुटिएको छ । पञ्जाब नेशनल बैंकको एउटा शाखामा बाहिरको व्यस्त हुने बजारबाट झण्डै एक सय फिट लामो सुरुङ खनेर भएभरका सुन,चाँदी र नगद लुटिएको बताइएको छ ।
त्यति लामो सुरुङ खन्दा स्थानीय,सरकारी अधिकारी,जनप्रतिनिधि तथा सुरक्षा निकाय बेखबर हुनुलाई धेरैले अचम्म मानेका छन् । लुटेराहरुले सुरुङभित्रबाट छिरेर बैंकको लकरमा राखिएका ग्राहकका सुन, चाँदी,नगद र बहुमूल्य सामान सबै लुटेका छन् ।
चारैतिरबाट सुरक्षा दिइएको,फलाम र सिमेन्टको बलियो घेरामा बनाइएको कोठामा राखिएको आफ्ना सम्पत्ति लुटिएपछि स्थानीय ग्राहकले विरोध जनाएका छन् ।
सामान्यतयाः यस्तो दृश्य हलिउड फिल्ममा मात्र सम्भव हुने बताउँदै आएका भारतीय सुरक्षा अधिकारीहरुको निम्ति पञ्जाब नेशनल बैंकमा भएको डकैती अर्को टाउको दुखाईको विषय बनेको बताइन्छ ।
टिप्पणीहरू