टाइमा बाँधिएको विद्यार्थी कुट्ने प्रिन्सिपलका नाममा
-दर्शन शर्मा
एउटै स्कूलबाट आमाछोरो सँगै घर पुगे । विहान पनि उसैगरी एउटै बसमा स्कूल गएका थिए । घर पुगेर विद्यालयको पोशाक फेर्ने बेलामा आमाछोराको आँखा जुध्यो । आँखा मात्रै जुधेन, आमाको ममतामही नजरले गालामा बसेका नीलडाम पनि देख्यो । सुन्निएका गाला र रोएर थाकेका नयन पढ्न नसक्ने पनि आमा हुन्छ र ?
६ कक्षामा पढ्ने छोरोले विद्यालयमा शिक्षको पिटाइ खाएको त परको कुरा, कुनै सिकायतको मौका पनि दिएको थिएन । पढाइमा अब्बल, व्यवहारमा असल यत्ति भएपछि आमालाई के चाहियो । तर शुक्रबारको दृश्यले आमाको मनमा ठूलै आँधीहुरी ल्याइदियो ।
‘छोरा कसरी लाग्यो गालामा चोट ?’ सामान्य प्रश्न गर्न आमालाई निकै गा¥हो भयो । त्यसमा छोराले दिएको जवाफ सामान्यभन्दा निकै परको छ ।
‘चौथो पिरियडको क्लास चलिरहेको थियो । प्रिन्सिपल सर क्लासमा आउनुभयो । नानाथरी अपशब्द प्रयोग गर्दै मलाई उठाउनु भयो । म्यामको छोराको ताल त यो छ भन्दै गालामा चड्कन हान्न थाल्नुभयो । दायाबायाँ दुबै गालामा चड्कन बर्सिइरहे । चौथो थप्पडसम्म त मैले गन्नसँगै त्यसपछि मलाई रिंगटा लाग्यो, सँगैको साथीले लड्न दिएन । सायद प्रिन्सिपल सरको हात दुख्यो अनि बाहिरिनु भयो ।’
‘अहिले के छ त छोराको अवस्था, अनि के भन्छ ?’
‘शारीरिक दुखाई छैन् । गालामा घाऊ छ । (फोटोमा हेर्नसक्नुहुन्छ । उसको मामाले फेसबुकमा राखेको छ ।) त्यो स्कूल जानु प¥यो भने पढाइ नै छाड्छु भन्छ । आफैंले पढाउने स्कूलमा आफ्नै बच्चा सुरक्षित छैन भने अरुको के होला ? म पनि स्कूल पढाउन जान्न । मेरा दुई बाबु पनि जाँदैनन् ।’
मकवानपुर जिल्लाको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीस्थित इअन स्कूलमा कक्षा ६ मा पढ्ने बिसिङ्खेलका आगमन थापा र उनकी आमा सोही स्कूलकी शिक्षक मुना बस्नेतको कुरा हो । आगमनले कुटाइ खानुको कारण अचम्मको छ । विद्यालयको सूचना घरमा पु¥याएन भनेर प्रिन्सिपल निर्मल केसीले कुटपिट गरेका रहेछन् ।
हिजो शुक्रबार विद्यालय कक्षा ६ मा पढ्ने विद्यार्थीहरुको अभिभावको भेला बोलाइएको रहेछ । भेलामा आगमनकी आमा उपस्थित भइनन् । आगमनलाई लाग्यो मेरी आमा अभिभावक मात्रै हैनन्, स्कूलको शिक्षक पनि हुन । मैले नभने पनि सरहरुले भनिहाल्नुहुन्छ । प्रिन्सिपललाई लाग्यो शिक्षकको छोराले नै सूचना दिएन । तपाँईको मनमा प्रश्न आयो नि सूचना पु¥याउने काम स्कूलको कि विद्यार्थीको ?
यसको जवाफमा किन टाउको दुखाइरहनु । यसमा सिधासिधी कुरा गरौं, यसमा प्रिन्सिपलले पूर्वाग्रह राखेकै हुन । त्यो भेलामा नआउने आगमनको मात्रै हैन, अरुका अभिभावक पनि थिए । सूचना नपु¥याउने विद्यार्थी अरु पनि थिए । आगमन यसै भन्दैछन । प्रिन्सिपल केसीले आफ्नै सहकर्मीको छोरा अर्थात जेहेन्दार र असल विद्यार्थी कुटेर बहादुरी देखाए । त्यो उनलाई महँगो पर्ने देखियो ।
जब घटना विद्यालयको शिक्षक बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन, त्यसले धेरैवटा प्रश्नहरु जन्माएका छन । अभिभावकहरुले जबरजस्त उठाउने साझा प्रश्न हो– आफ्नै शिक्षिकाको बच्चालाई नै यसरी कुटपिट हुन्छ भने अरू बच्चाहरुको हालत के होला ?
त्यो स्कूलमा चार सयभन्दा धेरै विद्यार्थी छन् । ३०–४० जना शिक्षक कर्मचारी छन । यी सबैले आफ्नै शिक्षिकाको बच्चालाई नै यसरी कुटपिट हुन्छ भने अरू बच्चाहरुको हालत के होला ? भनेर सोच्नु पर्दछ । ४ देखि ६ महिनासम्म शिक्षकलाई तलब नखुवाउने अनि प्रिन्सिपललाई टाईमा बाँधिएको विद्यार्थी कुट्न ‘इजाजत’ दिने इअन बोर्डिङ स्कूलको भविष्य के होला भन्ने चिन्ता नगरौं, पढ्न भनेर विद्यालय गएका आफ्ना बालबालिका घाइते भएर साँझ घर फर्कने अवस्था आइरह्यो भने के होला भनेर चिन्ता गरौं । अझै स्कूल पठाएको आफ्ना सन्तान साँझ घर फर्किएन भने के होला ? सोच्दा पनि रिंगटा चल्छ नि ।
हुन त यो सामाजिक सञ्जालमा स्टाटस लेख्ने वित्तिकै शिक्षकलाई प्रिन्सिपलको फोन आएको रहेछ फेसबुकको स्टाटस हटाउन र भाइलाई पनि हटाउन भनिएको रहेछ । स्कूलको कुरा स्कूलमा मिलाउँ भनिएको रहेछ । हुन त यो कुरा स्कूलमै मिल्ला । तर अरु विद्यार्थी कुटिदैनन भनेर कसरी विश्वास गर्ने ? यस्तो अपराध हँुदा पनि बचाउ गर्नेहरु महाअपराधी हुन् । हेरौं घटना पुलिस कहाँ पुग्छ कि स्कूलमै मिल्छ ?
टिप्पणीहरू