माधव नेपालको जिल्लामा मुस्लिम र दलितको भेला
रौतहटको चपुरमा मुस्लिम धर्मावलम्वी र दलितहरुको प्रदेशस्तरीय कार्यकर्ता भेला भएको छ । हिजो मुस्लिम इतिहाद तथा दलित मुक्ति संगठनको २ नम्बर प्रदेशस्तरीय छुट्टाछुट्टै कार्यकर्ता भेला भएको हो ।
दलित मुक्ति संगठनको कार्यक्रममा चार सयभन्दा बढी र मुस्लिम इत्तिहादको कार्यक्रममा आठ सय बढीको उपस्थिति थियो । दुवै कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुनुहुन्थ्यो ।
टिप्पणीहरू