एमाले चुनाव परिचालन कमिटीको बैठक बस्यो

एमाले चुनाव परिचालन कमिटीको बैठक बस्यो

नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य,सुवास नेम्वाङ, युवराज ज्ञवाली,सुरेन्द्र पाण्डे,रामबहादुर थापा, महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल,सचिव योगेश भट्टराई,गोकर्ण विष्ट,टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रवक्ता पृथ्वीसुब्बा गुरुङ,स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल,विशाल भट्टराईलगायतको सहभागिता रहेको जानकारी दिइएको छ ।

गत बिहीबार बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने चुनावको तयारीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । कमिटीमा केन्द्रीय कमिटी सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य छन् ।

टिप्पणीहरू