बल्खुमा दुई दर्जन एमाले कार्यकर्ताले एकैचोटी भने, ‘नालायक गृहमन्त्री राजीनामा दे’

बल्खुमा दुई दर्जन एमाले कार्यकर्ताले एकैचोटी भने, ‘नालायक गृहमन्त्री राजीनामा दे’

गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय घेराउ गरेको छ । अखिलका विद्यार्थीहरुले आज उपकुलपति कार्यालयको गेटअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

विश्वविद्यालयलाई कांग्रेसीकरण गरिएको भन्दै आक्रोशित एमाले विद्यार्थीहरुले चर्को नारावाजीसहित गृहमन्त्रीको राजीनामा मागे । सो क्रममा उनीहरुले ‘त्रिविभित्र भएको बेतिथि अन्त्य गर’, ‘कांग्रेसी गुट अन्त्य गर’,‘नालायक गृहमन्त्री राजीनामा दे’, लगायतका नारा लगाएका थिए ।

विरोध कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष सुनिता बराल,उपाध्यक्ष कल्पना वाइबा, महासचिव समिक बडाललगायत दुई दर्जन कार्यकर्ता सहभागी छन् ।

टिप्पणीहरू