कर्णालीमा कुटिएका डाक्टरको पक्षमा माइतीघरमा प्रदर्शन

कर्णालीमा कुटिएका डाक्टरको पक्षमा माइतीघरमा प्रदर्शन

कर्णालीमा चिकित्सकमाथि सहकर्मीबाटै भएको कुटपिटविरुद्द कान्ति अस्पतालका डाक्टरहरु प्रदर्शनमा उत्रिएका छन् । कुटपिटमा संलग्नलाई कारवाहीको गर्न माग गर्दै उनीहरुले आज दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

कान्ति बाल अस्पतालमा कार्यरत डा. कुम्भराज जोशीसहित चार जनाको टोली प्लेकार्डसहित् माइतीघर पुगेको छ । उनीहरुले ‘डाक्टरमाथि हुने हिंसा बन्द गर’, ‘डा. करण शाहलाई न्याय दे’, ‘दोषीलाई तीन वर्ष जेल र तीन लाख जरिवाना कायम गर’, ‘जमानत बिना जेल चलान गर’ जस्ता नारावाजी गरेका छन् ।

टिप्पणीहरू