विप्लवबाट छुटेको बहुमतद्वारा चुनाव बहिस्कार

विप्लवबाट छुटेको बहुमतद्वारा चुनाव बहिस्कार

विप्लव नेतृत्वको नेकपाबाट बिद्रोह गरी पुनर्गठित नेकपा (बहुमत) ले मंसिरको चुनाव बहिष्कार गर्ने भएको छ । सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोला “कन्चन”ले आज पत्रकार सम्मेलन गरी चुनावमा सहभागी नहुने जानकारी गराएका हुन् ।

अहिलेको व्यवस्थाप्रति आफूहरुको असहमति रहेकाले निर्वाचन बहिष्कारको नीति लिएको प्रष्ट पारे । जनताविरोधी दलाल संसदीय व्यवस्थामा चुनावको नतिजा पनि दलालकै पक्षमा हुने उनको भनाइ छ ।

बाँस्तोलाले तीन बुँदे सहमति कार्यान्वयन नगरेर सरकार गैरजिम्मेवार बनेको आरोप पनि लगाए । ‘हामीसहित तत्कालीन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि सङ्घर्षमा जान स्वतन्त्र छौँ”, चेतावनीको भाषामा उनले भने ।

बास्तोलाले राजनीतिक बन्दीलाई तत्काल रिहा गर्न आग्रह गर्दै सरकारले ३ सय २२ वटा मुद्दा फिर्ता लिन नसकिने बताएर सहमति तोडेको आरोप लगाए । ‘सरकार सहमतिबाट पछि हट्नु गम्भीर विषय हो, यसले समस्याको समाधान होइन थप जटिलता ल्याउने छ’, उनले भने ।

उनले नागरिकता विधेयक भारतीयलाई नागरिकता दिन ल्याइएको भन्दै खारेज गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि प्रष्ट पारे ।

टिप्पणीहरू