शीतल निवास र लैनचौरमा भेटघाट तीब्र

शीतल निवास र लैनचौरमा भेटघाट तीब्र

राजनीतिक दलका नेताहरुले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिसँग लोसपा र राप्रपाका नेताहरुले, उपराष्ट्रपति र सभामुखसँग माओवादी अध्यक्ष प्रचण्डले भेट गर्नुभएको छ ।

महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोबीच हिजो दिउँसो शिष्टाचार भेटवार्ता भएको हो । उहाँहरुबीच दिउँसो पौने ४ बजेदेखि झण्डै दुई घण्टा कुराकानी भएको बताइन्छ ।

त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे पनि राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न शीतल निवास जानुभएको थियो । उहाँहरुबीच साँझ पौने ६ बजेदेखि भेटघाट शुरु भएको हो ।

उता लैनचौरमा उपराष्ट्रपति पुन र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो बिहान करिब आधा घण्टा भेटवार्ता भयो । त्यहाँबाट बाहिरिएपछि अध्यक्ष प्रचण्ड भेटघाटको लागि सभामुखको निवास पुग्नुभएको थियो ।

सभामुख निवास लैनचौरमा अध्यक्ष दाहाल र सभामुखबीच बिहान १० बजेको हाराहारीमा करिब १५ मीनेट कुराकानी भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू