डेढ दर्जन बढी भारतीय र विदेशी सैनिकको एकसाथ काठमाडौंमा आगमन
भारतीय सेनासहित १९ जनाको सैनिक टोली हिजो दिउँसो काठमाडौं आइपुगेको छ । वायु सेनाका भाइस मार्शल तेजवीर सिंहको नेतृत्वमा आएको उक्त टोलीमा भारतीय नेशनल डिफेन्स कलेज टिममा तालिमरत सदस्य रहेको बताइएको छ ।
सैन्य टोली एअर इण्डियाको एआई २१५ उडानबाट काठमाडौं आएको हो । टोली बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
टोलीमा भारतीय सेनाका १३ जना र अन्य छ मुलुकका एक एक जना छन् । जसमा अमेरिका, साउदी अरेबिया, भियतनाम,श्रीलंका, भुटान र बंगलादेशका सैनिक अधिकृत रहेको बताइएको छ ।
१९ जनामध्ये चार जना शाकाहारी छन् । तीन जना भारतीय सैनिक हुन् भने श्रीलंकाका एक जना पनि शाकाहारी रहेको होटल स्रोतले बताएको छ ।
टिप्पणीहरू