प्रचण्ड र माधव नेपालको एकान्त वार्ता,पार्टी एकतामा पहल

प्रचण्ड र माधव नेपालको एकान्त वार्ता,पार्टी एकतामा पहल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै र एकान्त वार्ता भएको छ । उहाँहरुबीच ललितपुरको हात्तिवनस्थित अध्यक्ष दाहालका भानिज गोकुल भण्डारीको निवासमा हिजो पनि भेटवार्ता भएको हो ।

उहाँहरुबीच हिजो साँझ ७ बजेदेखि झण्डै ९ बजेको समयसम्म कुराकानी भएको खुमलटार स्रोतले बताएको छ । भेटमा पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा पत्र बनाउने विषयमा सहमति भएको स्रोतको दाबी छ ।

यसअघि पनि दुई अध्यक्षबीच सोही स्थानमा एकान्त वार्ता भएको थियो ।

टिप्पणीहरू