सञ्चारमन्त्री कार्कीको भारतीय दूतावासमा लन्च मिटिङ्ग
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हिजो बिहान लैनचौरस्थित भारतीय दूतावास जानुभएको छ । उहाँ दुई घण्टा बढी दूतावासमा बसेर बाहिरिनुभएको बताइएको छ ।
सो क्रममा मन्त्री र राजदूत नवीन श्रीवास्तवबीच लामो कुराकानी भएको थियो । मन्त्रीले राजदूतसँगै दूतावासमा लञ्चसहित छलफल गर्नुभएको स्रोतको दाबी छ ।
उहाँ बिहान साढे ११ बजे दूतावास पुग्नुभएको थियो भने पौने २ बजेको हाराहारीमा बाहिरिनुभएको हो । कार्की र राजदूत अस्ति सङ्गै बिराटनगर गएर फर्कनुभएको थियो । सोही क्रममा आसन्न चुनाव र दुई पक्षीय सहयोगवारे छलफल हुनेगरी हिजोका निम्ति लन्च मिटिङ्ग तय भएको बताइन्छ । अघिल्लो हप्ता पनि यसरी नै काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षा मन्त्री डा.मीनेन्द्र रिजालले सोही दूतावास गएर आएको सानेपामा अन्य नेतालाई बताइएको थियो ।
टिप्पणीहरू