बालुवाटार बैठकमा गतिरोधपछि प्रचण्डको चेतावनी
हिजो दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदल बैठक बिना निश्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा सत्तारुढ दलहरुबीच सीट बाँडफाँडको मोडालिटी तयार पार्न पटक पटक बसेको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिदै आएको छ ।
उता,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसले अटेर गरे वाममोर्चाको विकल्प बाँकी रहेको चेतावनी दिनुभएको छ । पार्टीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।
नेपाली काँग्रेसले एक सयभन्दा बढी सीट मागेपछि कार्यदलको बैठक अवरुध्द हुँदै आएको छ । सोही विषयलाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘संघीय निर्वाचनअन्तर्गत नेपाली काँग्रेसले सीट बाँडफाँडमा अटेर गरे वाममोर्चाको विकल्प बाँकी छ । पाँच वर्ष अघिको निर्वाचनको परिस्थितिलाई काँग्रेसले बिर्सन मिल्दैन ।’
टिप्पणीहरू