नेपाली काँग्रेसभित्र विद्रोहको चेतावनी
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एक सय सीटभन्दा कममा सहमति गरे आफ्नो समूहले विद्रोह गर्ने चेतावनी दिएका छन् । आगामी निर्वाचनको निम्ति सत्तारुढ गठबन्धन दलभित्र सीट बाँडफाँडको विषय गाँठो पर्दै गएको बेला कोइरालाको उक्त चेतावनी आएको हो ।
कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को कार्यकर्ता प्रशिक्षणमा बोल्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले एक सय सिटभन्दा कममा सहमति गरेमा आफूहरुले विद्रोह गर्ने चेतावनी दिएका हुन् । यता,प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्ष एक सयभन्दा कम सीटमा सहमति गरेर भए पनि सत्ता गठबन्धन जोगाउनुपर्ने अडानमा देखिन्छन् ।
काँग्रेसले एक सय सिटको अडान नत्यागे वाममोर्चाको विकल्प खुल्ला रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजै बताइसक्नुभएको छ ।
टिप्पणीहरू