माओवादीबाट बागमती प्रदेशमा यी हुनेछन् चुनावी कमान्डर,प्रचण्डको जिम्मेवारी छोरीको काँधमा

माओवादीबाट बागमती प्रदेशमा यी हुनेछन् चुनावी कमान्डर,प्रचण्डको जिम्मेवारी छोरीको काँधमा

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रनिम्ति चुनावी कमाण्डर तोकेको छ। बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको हिजोको बैठकले उक्त निर्णय गरेको हो ।

मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश सभा सदस्यको लागि बागमती प्रदेशमा ३३ निर्वाचन क्षेत्र रहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चितवन -३ मा भने छोरी रेणु दाहाल कमान्डर बनेकी छन् । चितवन-१ मा कन्चन खनाल र २ मा घनश्याम दाहाललाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै माओवादीले काठमाडौँको १० वटा क्षेत्रमा अगुवा खटाएको छ। क्षेत्र नम्बर -१ मा अनिल शर्मा,२ मा कुमार पौडेल,३ मा बद्रि बजगाईँ, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाँल, ८ मा सरिता श्रेष्ठ, ९ मा शङ्कर दुलाल र १० मा अञ्जना विसङ्खेलाई जिम्मा दिइएको हो। काठमाडौँ महानगरभित्रको समग्र जिम्मा मुक्ति प्रधानलाई छ।

भक्तपुरको १ नम्बर क्षेत्रमा देवेन्द्र श्रेष्ठ र डीपी ढकाललाई संयुक्त कमान्डर तोकिएको छ भने यता २ नम्बरमा दिलीप प्रजापतिलाई जिम्मेवारी दिइएको छ । ललितपुरको तीन वटा निर्वाचन क्षेत्रमा क्रमशः १ मा गङ्गा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईलाई संयुक्त कमान्डर बनाइएको छ।

त्यस्तै,सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझीको संयुक्त कमान्ड रहने छ । मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान छन्। नुवाकोट १ मा हितबहादुर तामाङ र २ मा विमला सुवेदीले जिम्मेवारी पाएका छन्।

धादिङको चुनावी कमान्डरमा प्रदेश मन्त्री समेत रहेका शालिकराम जमरकट्टेल रहेका छन् भने काभ्रेमा सूर्यमान दोङ र रुकु चौलागाईलाई जिम्मा तोकिएको छ। सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले संयुक्त चुनावी कमान्ड गर्ने छन् । यस्तै दोलखा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि पार्टीको तर्फबाट चुनावी गतिविधिको नेतृत्व गर्ने छन् ।

टिप्पणीहरू