नागरिकता विधेयकमाथि आज मध्यान्ह १२ बजे छलफल

नागरिकता विधेयकमाथि आज मध्यान्ह १२ बजे छलफल

हिजो राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिमा छलफलको लागि पठाएको नागरिकता विधेयकमाथि समितिले आजदेखि दफावार छलफल गर्ने भएको छ । मध्यान्ह १२ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा छलफलको निम्ति गृहमन्त्री र गृह तथा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूलाई छलफलका लागि बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सुझावसहित फिर्ता पठाउनुभएको विधेयकमाथि छलफलका गर्न विधायन समितिको बैठक तय गरिएको हो । समितिले एक दिनले नपुगे केही दिन लगाएर छलफल गर्ने तर अड्काएर नराख्ने तयारी गरेको स्रोतको दाबी छ ।

नागरिकता विधेयक यसअघि प्रतिनिधिसभाको बैठकले मतदानको प्रक्रियाबाट बहुमतको आधारमा हुबहु पारित गरी सकेको छ । राष्ट्रियसभाबाट पारित हुनासाथ पुनः प्रमाणीकरणको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

टिप्पणीहरू