भारतीयसहित बिदेशी सेनाको टोली बबरमहलमा चिया पिउँदै
नेपालको पाँच दिने भ्रमणमा आएको भारतीय र बिदेशी सेनाको ३१ सदस्यीय टोली आज चियापान समारोहमा सरिक भएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित पाँच दिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेको टोली अहिले बबरमहलस्थित हाेटल रिभिजिटेडमा आयोजित चियापान कार्यक्रममा सहभागी भएको हो ।
टोलीमा पहिले घनघोर लडाइँ गरेका भियतनाम (दाङ्सी नाम) र अमेरिका (वायुसेनामा कार्यरत रोबर्ट जेम्स कोङ्गाइका) का जर्नेल,कर्णेलसङ्गै श्री लँका,सउदी अरेबिया,भुटान,बङ्ग्लादेशका सिनियर सैनिक अधिकृतसमेत सँलग्न छन् ।
टिप्पणीहरू