भावी प्रधानमन्त्री आज पत्रकारसामु प्रकट हुँदै

भावी प्रधानमन्त्री आज पत्रकारसामु प्रकट हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेपछि आज पत्रकारसँग साक्षात्कार गर्नुहुने भएको छ ।

प्रचार विभागको आयोजनामा दिउँसो १ बजेका लागि कार्यक्रम तय गरिएको छ । कार्की ब्याङ्क्वेट बबरमहलमा हुने उक्त कार्यक्रममा ओलीले पत्रकारहरूको प्रश्न र राय सल्लाह लिने बताइएको छ ।

एक हप्ता लामो आन्तरिक बैठकपछिको ओलीको यो पहिलो औपचारिक कार्यक्रम हो । बैठकले ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै उहाँकै कमाण्डमा चुनावमा जाने निर्णय गरेको छ ।

टिप्पणीहरू