प्रभु बैंकका ग्राहकलाई लिलावती अस्पतालमा छुट

प्रभु बैंकका ग्राहकलाई लिलावती अस्पतालमा छुट

प्रभु बैंक लिमिटेडका ग्राहकले सर्लाहीस्थित लिलावती हस्पिटलमा आकर्षक छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबिच सम्झौता भएसंगै बिरामीलाई विभिन्न रोगको उपचारमा आकर्षक छुट दिन लागिएको हो ।

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र हस्पिटलका तर्फबाट निर्देशक डा.किशोर साहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकमा खाता भएकाले हस्पिटलद्धारा सञ्चालित ल्याब, एक्स रे, अल्ट्रासाउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यस्तै, आइ.पी.डी (बेड चार्ज), एन्.आइ.सी.यु सेवामा १५ प्रतिशत छुट दिने बताइएको छ ।

प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट दिने सम्झौता पत्रमा उल्लेख छ ।

यसबाट धेरै ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

टिप्पणीहरू