बालेनको डोजरले सामान तोडफोड भएमा पसलधनी नै जिम्मेवार
काठमाडौं महानगरपालिकाले सुरज आर्केडलाई २४ घण्टे अल्टिमेटम दिएर बेसमेण्ट खाली गराउन निर्देशन दिएपछि आफ्नो सामानको सुरक्षा पसलधनी आफैंले गर्नुपर्ने भएको छ ।
सुरज आर्केडभित्र सञ्चालनमा रहेका पसलका सामानहरु स्वयं पसल धनी र प्रबन्ध व्यापार संघलाई सुरक्षा गर्न भनिएको हो ।
सुरज आर्केड व्यापार संघका अध्यक्षलाई पत्राचारमार्फत भव्यकुमार तुलस्यानले महानगरबाट कुनै कारबाही भई पसलमा रहेका सरसामानमा क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिल्यै नै सुसूचित गराएका हुन् ।
कुनै पनि सामान तोडफोड भएमा पसलधनी आफै जिम्मेवार हुनुपर्ने पत्रमा उल्लेख छ । राजधानीको न्यूरोडस्थित सुरज आर्केडको बेसमेण्टमा रहेको पसल खाली गर्न महानगरपालिकाले आज २४ घण्टाको समय तोकिदिएको छ ।
सो भवनमा बेसमेण्ट पार्किङ भनी नक्सासमेत नरहेको पाइएको छ । पछिल्लो समय महानगरपालिकाले धमाधम अवैध संरचना भत्काउन थालेको छ ।
व्यापारिक मल, भवनहरुको बेसमेण्ट पार्किङमा व्यापार व्यवसाय सञ्चालन गरेपछि महानगर ‘एक्सन’ मा आएको हो ।
टिप्पणीहरू