मलेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

मलेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर आज ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यहाँका भूकम्प मापन केन्द्रका अनुसार क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ ।

भूकम्पले र्पुयाएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रबाह रोकिएको थियो ।

टिप्पणीहरू