नेपालको टी-२० वरीयता फेरी खस्कियो

नेपालको टी-२० वरीयता फेरी खस्कियो

नेपाली क्रिकेट टिम आइसिसीको टी-२० वरीयतामा एक स्थान तल झरेको छ । आइसिसीले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किँदै १५ औँ स्थानमा पुगेको हो ।

नेपाल वरीयता क्रममा तल झरेसँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि निकै कमजोर बनेको छ । सो खेलमा १२ देश सोझै प्रतियोगिता छनोट हुनेछन् ।

केही दिनयता नेपाली राष्ट्रिय टिम टी-२० र एक दिवसीय शृङ्खलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच वटा टी-२० खेल खेल्ने तालिका छ भने ३ वटा खेल सम्पन्न गरिसकेको नेपाल २–१ ले अघि छ ।

पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा १८ रनले पराजित हुन पुग्यो । तेस्रो खेलमा केन्यालाई चार विकेटको जितेको थियो भने चौथो खेल अहिले जारी छ ।

टिप्पणीहरू