टीआरसी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधयेक प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९’माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो ।
यसअघि आजै बसेको पहिलो बैठक सो प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि बसेको दोस्रो बैठकले प्रस्ताव स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको अर्काे बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ ।
टिप्पणीहरू