आज कोरोना संक्रमित र निको हुने बराबर

आज कोरोना संक्रमित र निको हुने बराबर

गत २४ घण्टामा देशभर २२६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ र दुई हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमध्ये काठमाडौंमा ६७, भक्तपुरमा तीन र ललितपुरमा १५ जना संक्रमित थपिएका हुन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार २३५ रहेको छ ।

आज २२३ जना कोरोनाका संक्रमित बिरामी निको हुँदा कसैले पनि ज्यान गुमाउनु परेन ।

टिप्पणीहरू