क्याबिनेट बैठकको ताजा निर्णय : सस्तो ऋण लिने,अस्थायी दरबन्दी बढाउने

क्याबिनेट बैठकको ताजा निर्णय : सस्तो ऋण लिने,अस्थायी दरबन्दी बढाउने

आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ । बैठकले अष्ट्रेलिया सरकारसँग १२ अर्ब ७५ कराेड सहुलियतपूर्ण ऋण लिने सहमति गरेको छ ।

अष्ट्रेलियासँगै द्विपक्षीय वार्ता गर्न हिजो राति परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र सहसचिव लोकबहादुर थापा सिड्नीतर्फ जानुभएको छ ।

आजको बैठकले ऊर्जा,कृषि, अर्थलगायतका मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको छ । ती मन्त्रालय मातहतका स्थायी परियोजनाको निम्ति अस्थायी कर्मचारी भर्नाको बाटो खुलाइएको बताइएको छ ।

टिप्पणीहरू