तीजको अघिल्लो दिन तीन हजार ड्राइभर कारवाहीमा
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय १६ जना सवारी चालक कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा हिजो गरिएको जाँचका क्रममा उक्त संख्यामा चालकहरु कारवाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, निषेधित क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य दुई हजार दुई सय १३ चालक रहेको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू