माधव नेपालसँग भेट्न नारायणकाजी कोटेश्वरमा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ । श्रेष्ठ अध्यक्ष नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको बताइएको छ ।
आज बिहान भएको भेटमा उहाँहरूबीच पार्टी एकताको निम्ति एकता संयोजन समितिमा रहने सदस्यहरूको नामबारे छलफल भएको बुझिएको छ । साथै मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै घोषणापत्र बनाएर चुनावमा जाने बारेमा समेत थप छलफल भएको स्रोतले बताएको छ ।
दुई पार्टीबीच एउटै घोषणापत्र बनाएर चुनावमा जाने निर्णय यसअघि नै भइसकेको छ ।
टिप्पणीहरू