एकीकृत समाजवादीका महासचिव र उपमहासचिव एकै ठाउँमा सिफारिस, अध्यक्षका सम्धी पाल्पा–२ मा
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजयकुमार पौडेलको नाम एकै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । भुसाल र पौडेललाई रुपन्देही क्षेत्र नम्बर १ मा समाजवादीले उम्मेदवार सिफारिस गरेको हो ।
त्यस्तै, पाल्पा–२ बाट लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ । जिल्ला सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालका सम्धीसमेत रहेका उनलाई सर्वसम्मत उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो । पाण्डे हाल सोही क्षेत्रका सांसद पनि हुन् ।
यसअघि पाण्डे एमालेबाट २०५१, ०५६, ०७० र ०७४ सालमा गरी चार पटक पाल्पा–२ बाट निर्वाचित भइसकेका छन् । एमाले विभाजनपछि हाल एकीकृत समाजवादीमा रहेका उनी सत्ता गठबन्धनको तर्फबाट बलियो उम्मेदवार मानिएका छन् ।
टिप्पणीहरू