पूर्व एआइजी पनि माननीय बन्न आतुर
सशस्त्र प्रहरीका पूर्व एआइजी सुबोधकुमार अधिकारीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्न निवेदन पेश गरेका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको उम्मेदवार बन्न निवेदन दिएका हुन् ।
पुतली बजार नगरपालिका १० बस्ने अधिकारीले,’ आसन्न प्रतिनिधि सभा सदस्य पदमा हुने निर्वाचनमा यस स्याङ्जा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार सिफारिस गरिदिनु हुन अनुरोध गर्दछु ।’ भनी निवेदन हालेका हुन् ।
उनले आफू क्रियाशील सदस्य रहेको भन्दै उम्मेदवारीको लागि मापदण्ड पुगेको स्वघोषणा गरेका छन् । निर्वाचनको लागि विभिन्न पार्टीले उम्मेदवार छनोट प्रक्रिया थालेसँगै अधिकारी जस्ता आकाङ्क्षीहरूले भकाभक आफ्नो पार्टीमा निवेदन दिन थालेका हुन् ।
टिप्पणीहरू