उच्चस्तरीय तलब सुविधा आयोगले काम थाल्यो
राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र दिइएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएको बताइएको छ ।
चालु आर्थिक वर्षको बजेटमा राष्ट्र सेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरेर नेपाल सरकारलाई सिफारिस गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने घोषणा गरिएको थियो । मन्त्रिपरिषद्को भदौ ६ गतेको बैठकले उक्त आयोग गठन गरेको हो ।
पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठन भएको आयोगमा पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे सदस्य छन् ।
टिप्पणीहरू