एकीकृत समाजवादीका युवाहरु भोलि मेची-काली अभियानमा निस्कने

एकीकृत समाजवादीका युवाहरु भोलि मेची-काली अभियानमा निस्कने

एकीकृत समाजवादीसम्वद्ध युवासंघ नेपालले भोलिदेखि भदौ २३ गतेसम्म मेची-महाकाली अभियान गर्ने भएको छ । संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले आज एक बिज्ञप्ती जारी गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्दै स्थायित्व, विकास र अग्रगमनको पक्षमा जनमत सृजना गर्न अभियान संचालन गर्न लागेको बताएका छन् ।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध जेहाद छेडने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्न सन्देश प्रवाहका लागि अभियान सार्थक हुने संघले विश्वास लिएको छ ।

साथै संघले निर्वाचनलाई लक्षित गरि २०७९ मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको आम निर्वाचनमा खर्चिलो निर्वाचन प्रचारको विरुद्धमा जनतालाई सचेत र जागरुक पार्ने तथा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन युवाहरुलाई परिचालन गर्ने उद्धेश्यले ‘भ्रष्टाचार र अनियमितताको आधार, भडकिलो र खर्चिलो उम्मेदवार बहिस्कार’ भन्ने नाराका साथ भोलि पत्रकार सम्मेलन गर्दैछ । अध्यक्ष माधव नेपालको विशेष उपस्थितिमा दिउँसो साढे १ बजे पार्टी मुख्यालय आलोकनगरमा पत्रकार सम्मेलन गरि अभियानमा जाने टोली काठमाडौँबाट निस्कने जनाइएको छ ।

टिप्पणीहरू