खुमलटारमा एकाबिहानै कानुनमन्त्री

खुमलटारमा एकाबिहानै कानुनमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा कानुनमन्त्री पुग्नुभएको छ । मन्त्री गोविन्दप्रसाद कोइराला शर्मा ‘बन्दी’ अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न आज बिहान साढे ७ बजे खुमल्टारमा देखा पर्नुभएको हो ।

उहाँहरुबीच झण्डै एक घण्टा छलफल भएको खुमलटार स्रोतले बताएको छ । सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी महत्वपूर्ण कार्यभार बाँकी नै छन् । यससम्बन्धी बिधेयक सँसदमा दर्ता भएर बसेको छ । पीडितहरुले द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने कतिपय प्रावधान घुसाएर यस्तो बिधेयक ल्याइएको भनी गुनासो पनि गरिरहेको बेला मन्त्री र माओवादी अध्यक्षवीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू