सिट बाँडफाँटको किचलो,बिहान कार्यदल बस्ने,साँझ शीर्ष नेतृत्वले कम्मर कस्ने

सिट बाँडफाँटको किचलो,बिहान कार्यदल बस्ने,साँझ शीर्ष नेतृत्वले कम्मर कस्ने

सत्ता गठबन्धन दलले निर्माण गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ। बिहानको बैठकले विस्तृत प्रतिवेदन तयार गर्ने छ भने साँझ ५ बजे बस्ने शीर्ष नेतृत्वको बैठकले त्यसबारे छलफल गर्ने र सकभर कुरा मिलाउने बताइएको छ ।

११ सदस्यीय कार्यदलले पुनः विस्तृत प्रतिवेदन र मापदण्डको बारेमा गृहकार्य गर्न समय पाएपछि आज बैठक बस्न लागेको हो । कार्यदलको बैठकले तयार पारेको विस्तृत प्रतिवेदनको आधारमा आजै सिट बाँडफाँटको टुङ्गो लगाउने तयारी रहेको बुझिएको छ।

यता गठबन्धनमा रहेका सबै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली काँग्रेसले १०० सिटको दाबीमा टसमस नगरेपछि अन्य दलहरू सकसमा देखिन्छन् । प्रतिनिधि सभा सदस्यको १ सय ६५ सिटका लागि गठबन्धन दलबाट २ सय २७ सिटको दाबी परेसङ्गै अन्योल सृजना भएको छ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेश सभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलवीच बाँडफाँटको प्रयास भइरहे पनि तीन साता नाघिसक्दा समेत निष्कर्षमा पुग्न सकेको छैन ।

टिप्पणीहरू