सुरक्षा घेरामा निलम्बित प्रधान न्यायाधीशको सिंहदरबार आगमन
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा महाअभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् । समितिले आज ११ बजे बयानका लागि बोलाएकोमा राणा निर्धारित समयमै सिंहदरबार पुगेका हुन् ।
तर महाभियोग सिफारिस समितिको बैठक शुरु नहुँदा उनी संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् । राणालाई संघीय संसद सचिवालयका मर्यादापालकले सुरक्षा दिएर भित्र लगेका थिए ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।
टिप्पणीहरू