टिकटकका कारण मुलुकको आर्थिक, सामाजिक पक्ष कमजोर : मधेशी युवा
सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको भन्दै मधेश प्रदेशका युवाहरुले टिकटक बन्दको अभियान थालेका छन् । विश्व प्रख्यात चिनियाँ एप टिकटकले समाजमा नकारात्मक सन्देश फैलाएको उनीहरुको आरोप छ ।
उनीहरुले टिकटक बन्द संघर्ष समिति गठन गरेर मधेश प्रदेशको बाराबाहेक सम्पूर्ण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त एपले अश्लिलतासँगै नेपाली युवतीको शारीरिक शोषणसमेत भइरहेको समितिको सिरहा जिल्ला संयोजक राजेशकुमार यादवले आरोप लगाएका छन् । टिकटक बनाउने क्रममा धेरैको ज्यानसमेत गएको र समय बर्बाद भइरहेको उनको भनाइ छ ।
टिकटकले धेरै घरपरिवारको सम्बन्ध बिगारेको समितिको ठहर छ । टिकटकमाथि प्रतिबन्ध नलगाउँदा थप ठूलो समस्या ल्याउने बताइन्छ । टिकटकले नेपाली संस्कृतिलाई चुनौती दिँदै अर्थतन्त्र कमजोर बनाइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
टिप्पणीहरू