नागरिकता विधेयकबारे छलफल गर्न विधायन समितिको बैठक बस्दै

नागरिकता विधेयकबारे छलफल गर्न विधायन समितिको बैठक बस्दै

नागरिकता विधेयकमा पुनर्विचार गर्न आज राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित संसद भवनको चौथो तलास्थित कक्षमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा नागरिकता विधेयक र विविध गरी दुई वटा कार्यसूचीमाथि छलफल हुने बताइएको छ । समितिले गृहमन्त्री बालकृष्ण खाँण,गृहसचिव टेकनारायण पाण्डे र कानुन मन्त्रालयका प्रतिनिधिलाई छलफलमा बोलाएको छ ।

राष्ट्रपतिले पुनर्बिचारका लागि सन्देशसहित फिर्ता पठाएको विधेयक भदौ २ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभामा पठाएको थियो । तर, राष्ट्रियसभाले भने विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ ।

टिप्पणीहरू