छात्रालाई गिध्दे नजर लाउने शिक्षक बर्खास्त
राजधानीको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले पीडित छात्रालाई कानूनी उपचारमा जान सक्दो सहयोग गर्ने भएको छ ।
नोबेलले पीडित विद्यार्थीबाट अघि बढाइएको कानूनी प्रक्रियामा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै,छात्रामाथि दुर्व्यवहार गर्ने शिक्षक सरोज भट्टराईलाई बर्खास्त गरिएको छ । शिक्षक भट्टराईलाई अस्ति सेवाबाट हटाइएको हो ।
त्यस्तै,सम्पूर्ण विद्यार्थीलाई सहज रुपले पठनपाठनको व्यवस्था मिलाउने र आन्दोलन गरेवापत शैक्षिक गतिविधिमा कुनै पनि पूर्वाग्रह नराख्नेमा नोबेल प्रतिबद्ध रहेको बताइएको छ ।
विद्यार्थीका तर्फबाट पठनपाठनलाई सहज बनाउन भूमिका निर्वाह गर्ने र विद्यार्थीले दिएका सुझावहरुलाई मनन गर्दै अघि बढ्ने विषयमा नोबेलले सहमति जनाएको छ ।
नोबलका पदाधिकारी, विद्यार्थी र उनका अभिभावक गरी झण्डै दुई दर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गत भदौ १३ गते शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।
दुर्व्यवहारको विरोधमा विद्यार्थीहरुले माइतीघर मण्डलामा धर्नासमेत दिएका थिए ।

टिप्पणीहरू