संविधानको ठेली लिएर बयानमा बसे चोलेन्द्र

संविधानको ठेली लिएर बयानमा बसे चोलेन्द्र

संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई डेढ घण्टा कुराएर बयान लिन थालेको छ । बिहान १० बजेर ५६ मीनेटमा संघीय संसद सचिवालय पुगेका राणालाई दिउँसो पौने १ बजेबाट बल्ल बयान लिन थालिएको हो ।

कानुन,न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा अहिले बयान लिने काम चलिरहेको छ । राणा हातमा संविधानको किताब बोकेर बयान दिन सभाकक्षमा छिरेका छन् । त्यहाँ मिडियालाई भने प्रवेश दिइएको छैन ।

यसअघि राणालाई संघीय संसद सचिवालयका मर्यादापालकले सुरक्षा घेरामा भित्र लगेका थिए ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिको भदौ ५ गते बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि झिकाउने निर्णय गरेको हो ।

टिप्पणीहरू