गगन थापालाई कास्की १ को प्रस्ताव

गगन थापालाई कास्की १ को प्रस्ताव

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर १ को पार्टी बैठकमा कास्की काँग्रेसका सचिव भानु ढकालले उक्त निर्वाचन क्षेत्रबाट महामन्त्री थापालाई उठाउने प्रस्ताव गरेका हुन् ।

२०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको हो । तर, महामन्त्री थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै पुनः प्रत्यक्षबाट उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

टिप्पणीहरू