मलेसियाले मनायो ६५ औं स्वतन्त्रता दिवस

मलेसियाले मनायो ६५ औं स्वतन्त्रता दिवस

मलेसियाले हिजो बुधवार आफ्नो स्वतन्त्रताको ६५ औँ वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। कोभिड-१९ महामारीका कारण दुई वर्षदेखि यो कार्यक्रम गरेको थिएन ।

राष्ट्रिय दिवसको मुख्य समारोह राजधानी क्वालालम्पुरको ऐतिहासिक स्थान दातारण मेर्देका,जसलाई स्वतन्त्रता स्क्वायर पनि भनिन्छ,मा आयोजना गरिएको हो जसमा हजारौं नागरिकले उपस्थिति जनाएका थिए ।

मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह, प्रधानमन्त्री इस्माइल साबरी याकोब र अन्य सरकारी अधिकारीले स्क्वायरमा परेडको निरीक्षण गरेका थिए, जसमा सशस्त्र सेनाका सदस्यहरूको मार्चिंग दल समावेश थियो ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा दरबारले एक विज्ञप्ति जारी गर्दै सामाजिक ऐक्यबद्धता, राष्ट्रिय एकता र जातीय एकता राष्ट्रिय सद्भाव, समृद्धि र हितको साँचो भएको उल्लेख गरिएको थियो ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू