आज रुरु क्षेत्रमा सार्वजनिक बिदा

आज रुरु क्षेत्रमा सार्वजनिक बिदा

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले ऋषि पञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले एक सूचनामार्फत ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

आज गाउँपालिकाभित्रका वडा कार्यालय, शिक्षण संस्था र सार्वजनिक संघसंस्थाहरू बन्द रहने उनले बताए ।

‘हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ऋषि पञ्चमीको उपलक्ष्यमा आज यस गाउँपालिका भित्रका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शिक्षण संस्थाहरु र सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ‘, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू