ड्युटीमा तैनाथ प्रहरीलाई मोबाइल बन्देज

ड्युटीमा तैनाथ प्रहरीलाई मोबाइल बन्देज

नेपाल प्रहरीले ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई मोबाइल प्रयोगमा कडाई गरेको छ । मोबाइल चलाउँदा ड्युटीमा ध्यान केन्द्रीत नहुने भएपछि कमाण्डरबाहेक अन्य प्रहरीलाई मोबाइल प्रयोगमा रोक लगाएको नेपाल प्रहरीका सूचना अधिकारी टेकप्रसाद राईले बताए ।

योसँगै अब प्रहरीले आफ्नो ड्युटी अवधिभर मोबाइल ‘साइलेन्स’ मोडमा राख्नुपर्ने छ । कुनै प्रहरी मोबाइल चलाइरहेको अवस्थामा भेटिएको नियमावली बमोजिम कारबाही गरिने राईले जानकारी दिए ।

उनले भने,‘पर्याप्त वाकीटकी नभएकाले मोबाइल फोनबाट कुराकानी गर्नुपर्ने बाध्यता छ । त्यसैले ड्युटी अवधिभर फोन ‘साइलेन्स’ मा राख्न निर्देशन दिएका छौं ।’

पछिल्लो समय पोशाकमै प्रहरीहरु टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा देखिन थालेको भनि व्यापक गुनासो आएकाले कडाइ गरिएको सूचना अधिकारी राई बताउछन् ।

ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमाण्डरबाट अनुमति लिनुपर्छ । ड्युटीको समयमा अफिसियल कामबाहेक प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध गरिएको छ ।

यसअघि ड्युटीको समयमा मोबाइल चलाउने प्रहरीलाई सम्झाईबुझाई छोड्ने गरिएकोमा अबदेखि कडाई गर्न लागिएको हो ।

टिप्पणीहरू