माओवादी संसदीय दलको कार्यालयमा सट्याक सुटुक प्रचण्ड र बाबुराम
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक भेटघाटको निम्ति सिंहदरबार जानुभएको छ । उहाँ बिहान पौने ११ बजेको समयमा सिंहदरबार पुग्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न उहाँ माओवादी संसदीय दलको कार्यालयमा जानुभएको हो । दुई पार्टीका अध्यक्षबीच झण्डै साढे ११ बजेसम्म भेटघाट भएको थियो ।
उहाँहरुबीच आगामी निर्वाचन,सीट बाँडफाँड र विकसित आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बुझिएको छ । केही समयदेखि डा. भट्टराईले आफूलाई गोरखा,छोरी मानुषीलाई काठमाडौं ७ र महेन्द्र राय यादवलाई सर्लाहीसहित नवलपरासीमा अर्का एक जना निर्वाचन क्षेत्र दिइनुपर्ने माग अध्यक्ष दाहालसमक्ष राख्दै आएको माओवादी नेताहरुको भनाइ छ ।
गोरखामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने चर्चा छ । डा. भट्टराईले समेत उक्त चाहना राखेपछि गोरखाको सो क्षेत्र माओवादीभित्र थप पेचिलो बन्ने पक्का छ ।
टिप्पणीहरू