श्रीलंका हुँदै चीनबाट १९ दिनमा फर्किए विप्लव प्रवक्ता, प्रचण्ड जाने अझै टुंगो छैन

श्रीलंका हुँदै चीनबाट १९ दिनमा फर्किए विप्लव प्रवक्ता, प्रचण्ड जाने अझै टुंगो छैन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” छिमेकी मुलुक चीनको १९ दिने भ्रमणपछि स्वदेश फर्किएका छन् ।

एयर चाइनाको सिए–४३८ उडानबाट साउन २९ गते दिउँसो चीनको छन्तु गएका उनी आज श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आएका हुन् । गत स्थानीय चुनावमा भाग लिएको विप्लव समूहका दोस्रो वरियताका नेताले गरेको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

स्थानीय चुनावअघि माओवादी केन्द्र र एमालेको दोस्रो तहका नेताहरुले बाक्लै चीन भ्रमण गरेका थिए । चीनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्तो दिएको चर्चा छ । भदौको पहिलो साता चीन जाने भनिए पनि अहिलेसम्म कुनै संकेत नआएको बताइन्छ ।

गत महिना एक्कासी भारत भ्रमणमा जानुभएका प्रचण्डले दिल्ली प्रस्थान गर्नुअघि त्यताबाट फर्केपछि चीन जाने बताउनुभएको थियो । तर,साउन तेस्रो साता उहाँ भ्रातृ संगठनको काममा जापान गएर आउनुभएको हो ।

टिप्पणीहरू