रोगले थलिएका बृद्ध बाबुलाई ठग्ने छोराविरुद्ध प्रहरीमा उजुरी

रोगले थलिएका बृद्ध बाबुलाई ठग्ने छोराविरुद्ध प्रहरीमा उजुरी

बुढेसकालको सहाराका लागि भएपनि सन्तान चाहिन्छ भन्ने जवर्जस्त मान्यता नेपाली समाजमा अहिले पनि छ । त्यसमा पनि छोरा हुँदा बाबुआमाले बढी सुरक्षित महसुस गरेका हुन्छन् । तर,सबै छोरा बुढेसकालमा बाउ आमाको सहारा कहाँ हुन्छन् र !, बरु छोराछोरीले नहेरेका कारण अशक्त बाबुआमा वृद्धाश्रम पुगेका,सम्पत्ति लिएर सडकमा मिल्काइएकाजस्ता थुप्रै घटना सुन्ने गरिएको छ । जीवनको उत्तरार्धमा आइपुग्दा त्यस्तै सन्तान पीडित पात्र बनेका छन् – बुटवलका ७७ वर्षीय उमानन्द पाण्डे ।

मुटु र मृगौलाको रोगीसमेत रहेका उनी सन्तानबाट फालिएका मात्र छैनन्,छोराबाट ठगिएको भन्दै यतिबेला कानुनी लडाइँमा छन् । गत साउन ४ गते छोरा सन्तोष,बुहारी रेनुका पौडेलसहित ८ जनाविरुद्ध उनले ‘असक्त ज्येष्ठ नागरिकको सम्पत्ति खाने बदनियत’ राखेको आरोपमा प्रहरीमा उजुरी हालेका हुन् । सन्तानको सुखका लागि सिङ्गै जवानी दु:ख गरेका उमाकान्तलाई आफ्नै छोरा-बुहारीका कारण बुढेसकालमा मुद्धामामिला व्यहोर्नुपरेको छ ।

बुटवल उपमहानगरपालिका-२ मैनाबगरस्थित काठमाडौँ अनन्त मोटर्स फर्मका मालिक हुन् उमानन्द । गाडीको पार्टपुर्जा किनबेचसम्बन्धी व्यवसाय गर्दै आएका उनकै नाममा छ फर्म । तर, त्यही फर्मको सम्पत्ति हात पार्न छोराले षड्यन्त्र रचेपछि उमानन्दको बिचल्ली भएको छ र उनी न्याय खोज्दै प्रहरीमा पुगेका छन् ।

व्यवसाय राम्रै चलिरहेका बेला २०५९ सालतिर गम्भीर बिरामी परे । मुटुको अप्रेशन गर्नुपर्यो भन्दै एउटा मृगौला झिकेर फालियो । यसै पनि उमेरले अशक्त हुँदै गएका उनलाई रोगले पनि च्यापेपछि जेठो छोरो सन्तोषलाई सबै व्यवसायको जिम्मेवारी सुम्पिए । आफूले गरेको व्यवसाय आफ्नै जेठा छोरालाई जिम्मा दिने कुरा स्वभाविक थियो, उमानन्दले त्यही गरे । तर,सन्तान अर्कै नियतको परेपछि कसको के लाग्छ र ! सन्तोषका लागि बृद्ध आमाबाबु भन्दा सम्पत्ति प्यारो भयो ।

राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखामा फर्मको नाममा खाता थियो । फर्म जिम्मा लगाउँदा उमानन्दले उक्त बैंकको सबै चेकबुक पनि दिएका थिए सन्तोषलाई । सबै हात लागेपछि रोगले थलिएका बाबु र मृगौला फेल भएर अहिले डाइलासिस गराइरहेकी आमालाई सन्तोषले चटक्कै बिर्सिए । फर्मको कारोबारबारे पनि बाबुलाई जानकारी दिन आवश्यक ठानेनन् । यसैबीच २०७५ साल फागुनमा घर आएका सन्तोषले ‘व्यवसाय अत्यन्त राम्रोसँग चलिरहेको र बैंकमा थुप्रै रकम जम्मा भैसकेको’ भनी बाबुलाई खालि चेकमा हस्ताक्षर गराए । व्यवसाय गर्दा केही भुक्तानी दिनुपर्ने भएकाले चेक जरुरी परेको विश्वास गराएर २५ थान चेकमा बाबुको सही गराएका थिए ।

त्यसपछि सन्तोषले बाहिरी मान्छेहरुसँग मिलेर खातामा भएको सबै पैसा निकालेको पाण्डेको गुनासो छ । उनले प्रहरीमा दिएको जाहेरीमा छोरा र बुहारीसँगै बुटवल-८ का ४४ वर्षीय असिम न्यौपाने, काठमाडौँ बस्ने वर्ष ४५ की सरोजनी प्रिया, बुटवलकै ४५ वर्षीय सुरज पाण्डे, ४९ वर्षीय प्रमोद भारी, तिलोत्तमा-१३ का ६० वर्षीय कृष्णप्रसाद पाण्डे, वर्ष ५५ को बिष्णु पोखरेल र ३१ वर्षीय सन्तोष भण्डारीलाई कसूरदार किटान गरिएको छ । उनीहरुले आपसी मिलेमतोमा चेकमा झूठा मिति र रकम लेखेर आफ्नो सम्पत्ति खान खोजेको दावी उमानन्दले गरेका छन् ।

‘जाहेरीमा भनिएको छ, ‘२०७८/१०/१५ गते समेतका मितिमा झूठा मिति,रकम,अंक भरी मैले सही गरिदिएका खालि चेकहरुको दुरुपयोग गरी म ज्येष्ठ नागरिकको सम्पत्ति खाई मलाई नोक्सान पार्ने र आफूलाई फाइदा पार्ने कुनियतले चेक लिने दिने गर्ने कसूरदारहरुको उक्त कार्य ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा २६ को उपदफा (१), (२) र सोही ऐनको दफा २९ बमोजिमको कसूर अपराध भएकाले अपराधीहरुलाई पक्राउ गरी थुनामा राखी अभियुक्तहरुलाई हदैसम्मको कैद सजाय र जरिवाना गरी कसूरदारहरुबाट मैले नभरेको २५ थान खालि चेक फिर्ता गराई दिई मलाई पर्न गएको क्षतिको क्षतिपूर्ति समेत दिलाई न्याय पाऊँ।’

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/09/umananda-pandey._watermark.pdf” title=”umananda pandey._watermark”]

टिप्पणीहरू