आज ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह
हाल देशभर सामान्य बदली रहेकाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षा हुने जनाइएको छ । आज बिहानैदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थामा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षापछि आउनसक्ने बाढी र पहिरोतर्फ आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
टिप्पणीहरू